

ٹیگ
आदरणीय तथा दिग्गज व्यक्तित्वहरू,
हाम्रो साझा संकल्पका रूपमा अगाडि बढेको सनातन बस्ती कुटी निर्माण अभियानलाई थप गतिशील बनाउन एक सुखद समाचार साझा गर्न चाहन्छौँ। बैना रकमको व्यवस्थापनमा सहजता मिलोस् र अभियानले पूर्णता पाओस् भन्ने पवित्र हेतुले मेरो बालसखी शोभा थापा प्रभुज्यूले रु. ५,००,०००/- (पाँच लाख रुपैयाँ) भोलि उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
उहाँको यो उदाहरणीय सङ्कल्पले हाम्रो सम्पूर्ण टोलीमा नयाँ ऊर्जा र उत्साह थपेको छ। उहाँको यो सहयोगी मन र सेवाभावप्रति हामी नतमस्तक हुँदै कृतज्ञता ज्ञापन गर्दछौँ।
सदैव परोपकारमा तल्लीन रहने, निष्कपट र अत्यन्तै शालीन व्यक्तित्वकी धनी शोभा प्रभुज्यूको बालसखा हुन पाउनु मेरो लागि समेत अहोभाग्य हो। उहाँको यो उदारताले हामी सबैलाई सामूहिक रूपमा अगाडि बढ्न थप प्रेरणा मिल्ने विश्वास लिएका छौँ।
धन्यवाद
© BHOILIPOKHARE THANESHWAR थानेश्वर उपाध्याय · سیل مائی ڈوپ پر پہلی اشاعت: . تمام حقوق لکھنے والے کے ہیں؛ اجازت کے بغیر نقل نہ کریں۔ نقل شدہ تحریر کی رپورٹ کریں
لکھنے والا
BHOILIPOKHARE THANESHWAR थानेश्वर उपाध्याय
لکھنے والا
BHOILIPOKHARE THANESHWAR थानेश्वर उपाध्याय