Bag icon
Text logo
لوڈ ہو رہا ہے...دھک-دھک
SHRAVYA

ساہتیہ پاٹی
لکھیں· salemydop.com
لکھیں· salemydop.com
IMG_20260807_095616.jpgफरकेर हेर्दाको पिडा जीवनमा Cover Photo

B

2 منٹ کی پڑھائی
مصنف: BHOILIPOKHARE THANESHWAR थानेश्वर उपाध्याय
ادب
مختصر پیراگراف

फरकेर हेर्दाको पिडा जीवनमा

2

0

1

7 بار دیکھا گیا

اگست 24, 2026

ٹیگ

ادب

पछाडि फर्केर हेर्दाको पीडा

जन्मँदाको भाग्यचक्र र कर्म—मेटाउन सक्दिनँ म।

गुल्मी जिल्ला, लिम्घा नादेवाडाँडामा मेरो जन्म भयो—२०२४ साल साउन २६ गते, ठूलो एकादशीको रात। रातको उत्तरार्ध, बिहानको करिब ३–४ बजेको समय थियो। सालनाल काटेर बाहिर चन्द्रमा हेर्न निस्कँदा, स्याङ–सालघारी वनको डाँडामाथि जुन टल्किरहेको थियो। एकसिङतिर कतै कुखुराको भाले बासिरहेको थियो। वरिपरि सुनसान रात थियो। त्यही सुनसान घडीमा, पुरुष मान्छेको उपस्थिति नभएको घरमा मैले पहिलो सास फेरेँ।

त्यो घरमा आमा, दिदी र एउटी सुडेनी आमाबाहेक अरू कोही हुनुहुन्नथ्यो। पछि थाहा पाएँ—त्यो घरमा पुरुषले पछिल्लो पाइला टेक्ने व्यक्ति म नै रहेछु।

आमाले मलाई ठूलो दुःख गरेर हुर्काउनुभयो। आफूले खाए नखाए पनि मेरो पेट भर्नुभयो। खस्रो खाना, जुनेलो, कोदो—जे उपलब्ध हुन्थ्यो, त्यही हाम्रो जीवनको आधार थियो। तर अभावभित्र पनि आमाको माया कहिल्यै अभाव भएन।

वनपाखामा पाइने बेल, आँप, अमला, चिउरी, खल्लुक, चौतारी, ऐँसेलु, खन्निम, बयर, बेडुलो, डुम्रीलगायत थुप्रै फलफूल आमाले पटुकामा बाँधेर घर ल्याउनुहुन्थ्यो र मलाई खुवाउनुहुन्थ्यो। सायद त्यही बाल्यकालको स्वादले होला, आज पनि मलाई वनमा फलेका फलफूल असाध्यै मन पर्छन्।

जन्मेको तीनदेखि छ महिनासम्म पनि म दुई खुट्टामा उभिन र हिँड्न सक्दिनँथेँ। बल्लतल्ल हिँड्न थालेँ रे। त्यो समयमा मेरो अवस्थाले आमाको मनमा कति चिन्ता र पीडा जन्मायो होला! उहाँका आँखाबाट झरेका आँसुले कति चोलो भिजे होलान्—आज पछाडि फर्केर हेर्दा मात्र त्यसको गहिराइ महसुस हुन्छ।

ठुलाबडा लेक, लिम्घामा म सुखसाथ पनि बसेँ। हजुरआमा, कान्छी आमा, दाजुभाइ, दिदीबहिनीहरूको माया पाएँ। बडापाकाहरू बेसिमा भन्ने गर्थे—“घाँसदाउराको सुख हुन्छ।”

© BHOILIPOKHARE THANESHWAR थानेश्वर उपाध्याय · سیل مائی ڈوپ پر پہلی اشاعت: اگست 24, 2026. تمام حقوق لکھنے والے کے ہیں؛ اجازت کے بغیر نقل نہ کریں۔ نقل شدہ تحریر کی رپورٹ کریں

لکھنے والا

B

BHOILIPOKHARE THANESHWAR थानेश्वर उपाध्याय

تبصرے
​
​

لکھنے والا

B

BHOILIPOKHARE THANESHWAR थानेश्वर उपाध्याय

Xtremesoul
پالیسیاںتمام پالیسیاں·ہم سے رابطہ