

ٹیگ
भ्यालेनटाइनस डे पर्व कि तिथि श्राद्ध!
यो पर्व होर श्राद्ध ! श्रद्धा सङ
मृत्युु भएको दिन भ्यालेनटाइन डे। भेडा बाख्रा बाटो छोडेर भिर पाखामा हिड्ने गर्छन् के हामी पनि उनी हरुकै पछि लाग्ने वा अनुयायी अनुसरण गर्नु पर्छ ?
नेपाली ले आफ्नो सभ्यता गुमाएको दिन हो।
नेपाली संस्कृति र संस्कार लाई विश्व मानचित्रमा अन्कित गराउनु हाम्रो मुख्य भूमिका हुनुपर्छ खोइ?
खाली अरुको नकल गरेको छ आफ्नो अस्तित्व गुमाए को गुमाउँदै छ ।
कसरी जोगाउने हो नेपाली संस्कृति संस्कार ध्यान छैन धुर्त हो!
तेसैले त नेपाल नेपाल रहेन विदेशी कठपुतली भएको छ यसमा कुनै शंका छैन दोहराय छैन।
नेपाली भाषा कति सुन्दर छ तर पाखे भाषा रे! तेहि भएर मृत्यु संस्कार मा RIP लेख्छन् जन्मदिन लाई Birthday, वैवाहिक वा कुनै वार्षिकोत्सब लाई Happy Anniversary भनेर लेख्छन् लेख्न रुचाउँछन् फेरि ठूलो डन्कापनी मार्छन कि नेपाल स्वतन्त्र राष्ट्र हो भनेर ।
के जापानी कोरियाली चीनिया युरोपेली राष्ट्र हरुले आफ्नो संस्कृति गुमाएका छन? अङ्ग्रेजी को पछि लागेका छन।
हो ! विश्व बजार मा आर्थिक क्रान्ति को प्रतिस्पर्धा मा आफ्नो अस्तित्व जोगाउन अङ्ग्रेजी भाषा अपनाएका छन।
के नेपाल ले यो अपनाउन अनुसरण गर्छ त! नेपाल मा अरुके कुरा गर्नु बच्चा जन्मेको दिन देखि मरेपरान्त सम्म अरु देशको उत्पादन मा आश्रीत परजीवी छ।
उदाहरण, एउटा विजिटिङ कार्ड पनि नेपाल मा छापिन्न भारत बाट गुणस्तरीय आउँछ भनेर ५-६ दिन लिन्छन् ।
म सानो छदा म नेपाल वीर गोर्खाली स्वतन्त्र देशको नागरिक हो भनेर गर्व लाग्थ्यो तर अचेल विरक्त लाग्छ हाम्रो समाजमा वैदेशिक संस्कार संस्कृति विकास गरेको गराएको र जेन्जी समूह ले वयोवृद्ध समेतलाई आफुमा जबर्जस्त ढाल्न सफल गर्दै आयातित संस्कृति प्रती आसक्त भए सभ्य नागरिक शिक्षित नागरिक भनेर नेतृत्व नेतृत्वदायी भूमिका खेलेको मा गर्व गर्छन।
वैदेशिक संस्कृति संस्कार रुपि धमिरोले नेपाल को गौरव खोक्रो बनाउछ बनाउदै छ र हाम्रो भावी सन्तानको स्वाभिमान मा असर गर्छ दास हुन्छन् भन्नी सोचाइ पटक्कै छैन।
भविस्य प्रती चिन्ता चिन्तन छैन वर्तमान मा रमाएका छन वस्त्रहिन भाषाहिन भएर अर्धनग्न नग्नताको वातावरण मा आफुलाइ सुरक्षित भएको महशुस गरेको पाइन्छ ।
के यहि हो नेपाली हुनुको गर्व!!
© BHOILIPOKHARE THANESHWAR थानेश्वर उपाध्याय · سیل مائی ڈوپ پر پہلی اشاعت: . تمام حقوق لکھنے والے کے ہیں؛ اجازت کے بغیر نقل نہ کریں۔ نقل شدہ تحریر کی رپورٹ کریں
لکھنے والا
BHOILIPOKHARE THANESHWAR थानेश्वर उपाध्याय
لکھنے والا
BHOILIPOKHARE THANESHWAR थानेश्वर उपाध्याय