Bag icon
Text logo
लोड जुयाच्वंगु दु...धक-धक
SHRAVYA

साहित्य पाटी
च्वयादिसँ· salemydop.com
च्वयादिसँ· salemydop.com
राष्ट्रप्रमुखको उत्तरदायित्व र नेपालको भविष्य Cover Photo

B

छगू मिनेट स्वया म्हो ब्वनेगु
च्वमि: BHOILIPOKHARE THANESHWAR थानेश्वर उपाध्याय
बुखँ व राजनीति
चीहाकगु अनुच्छेद

राष्ट्रप्रमुखको उत्तरदायित्व र नेपालको भविष्य

१

०

१

८ पाः स्वल

आश्विन १०, २०८२

ट्याग

राजनीति

राष्ट्रप्रमुखको उत्तरदायित्व र नेपालको भविष्य

राष्ट्रको सर्वोच्च पदमा बस्ने जो कोही भए पनि उनको पहिलो कर्तव्य देश र जनतालाई सच्चा मायाले हेर्ने हुनुपर्छ। नेपालजस्तो विविधतायुक्त, तर नाजुक अवस्थामा रहेको राष्ट्रलाई राष्ट्रप्रमुखले मातृभूमिप्रति निष्ठावान भएर मात्र नेतृत्व गर्न सक्छ।

विगत दुई दशकले नेपाली जनतालाई असामान्य पीडा दिएको छ—राजनीतिक अस्थिरता, विभाजनकारी स्वार्थ, धर्म–संस्कृतिमा देखिएको चुनौती, आर्थिक अवसरको ह्रास, र वैदेशिक हस्तक्षेपको तीव्रता। यो अवस्था नेपाली इतिहासमा कुनै राजा वा नेतृत्वको पालामा देखिएको थिएन।

पृथ्वीनारायण शाहले "चार जात छत्तीस वर्णको फूलबारी" भन्दै एकताको जग बसाले। महेन्द्रले राष्ट्रियता र आत्मनिर्भरताको बाटो देखाए। विरेन्द्रले "शान्ति क्षेत्र" (Zone of Peace) को विश्वव्यापी प्रस्तावमार्फत नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा सम्मान दिलाए। यी सबै दृष्टान्तहरूले देखाउँछन्—निस्वार्थ दृष्टिकोण, परम्पराको जगेडा र आधुनिकताको संयोजनबाट मात्र नेपाल बलियो बन्छ।

आजको नेतृत्वले सत्य र तथ्य बुझ्न नसक्ने मात्र होइन, देशलाई सही बाटोमा लैजान सक्ने इच्छाशक्ति पनि हराएको छ जस्तो लाग्छ। नागरिक पीडामा हुँदा नेतृत्व मौन बस्ने हो भने त्यो मौनताले देशलाई अझ गहिरो अन्धकारमा धकेल्छ।

उखान छ—"बिसुन सुकाउँदा होश पुर्याउने हो, चराले अन्नबाली खाएपछि पछुताएर के हुन्छ?" समयमै चेतना नआए, पछुताउने दिन टाढा छैन। आजै, यही क्षण, राष्ट्रहितलाई सर्वोच्च मानेर निर्णय गर्ने समय हो।

© BHOILIPOKHARE THANESHWAR थानेश्वर उपाध्याय · salemydopय् न्हापां पिदंगु आश्विन १०, २०८२. फुक्क अधिकार च्वमियाके दु; अनुमति मकासे कपी मयानादिसँ। कपी यागु ज्या रिपोर्ट यानादिसँ

च्वमि

B

BHOILIPOKHARE THANESHWAR थानेश्वर उपाध्याय

टिप्पणी
​
​

च्वमि

B

BHOILIPOKHARE THANESHWAR थानेश्वर उपाध्याय

Xtremesoul
नीतिफुक्क नीति·स्वापू तयादिसँ