Bag icon
Text logo
लोड हुँदैछ...ढुकढुक
SHRAVYA

साहित्य पाटी
साहित्य पाटी· salemydop.com
साहित्य पाटी· salemydop.com
सन्देश Cover Photo

B

काट मिनेटभन्दा कम पढ्न
लेखक: BHOILIPOKHARE THANESHWAR थानेश्वर उपाध्याय
समाचार र राजनीति
छोटो अनुच्छेद

सन्देश

१

०

०

४ पटक पढियो

आश्विन २१, २०८२

ट्यागहरू

राजनीति

Justice Delayed is Justice Denied न्याय दिनम विलम्ब गर्नु न्याय न दिनु हो भन्ने, न्याय क्षेत्रमा भनिने प्रचलित भनाई छ।

हाम्रो देशमा यो भनाई प्रायजसो सबै क्षेत्रमा लागुहुन्छ! सिस्टम मा कहि कतै केही लागू हुदैन।

१०४ वर्ष निरंकुश जहानिया राणा शासनले नेपाल लाई अन्धकारमा राखे, शिक्षा बाट बन्चित गराए, विकास का पुर्वाधार केही पनि बनाएनन किर्नो झै ढडिय, धेरैथोरै काठमाडौ उपत्यकाको क्षेत्रमा आआफ्नो सुबिधा को विकास भएको थियो ।

दोस्रो विश्व युद्ध पछी बेलायत फ्रेन्च पुर्तगाली,आदि कोलोनिहरुले स्वतन्त्रताको लागि विद्रोह गरि स्वतन्त्र भए। हाम्रो दक्षिणी छिमेकी मुलुक भारत पनि बृटिशबाट स्वतन्त्र भयो।

नेपाल स्वतन्त्र राष्ट्र भएता पनि राणाहरुको जाहनिया शासन भएकोले प्रजातान्त्रिक वातावरण ल्याउन आन्दोलन सशस्त्र विद्रोह गरि सयौं को बलिदान ले प्रजातन्त्र प्राप्त भयो।

राजा त्रिभुवन र गणेशमान सिंह विश्वेश्वरप्रसाद कोइराला टन्कप्रसाद आचार्य सुवर्ण शमशेर आदिको नेतृत्वमा क्रान्ति सफल भयो। प्रजातान्त्रिक नेपाल को पहिलो प्रधानमन्त्री मोहन शम्शेर रोजाइ मा परे तर उनी स्वैच्छाले पद न लि भारत तिर प्रस्थान गरे। मातृकाप्रसाद कोइराला पहिलो प्रधानमन्त्री बने! सम्विधान सभा गठन गरे तर संविधान बनाउन असफल भए। विविध समयमा मातृकाप्रसाद कोइराला टन्कप्रसाद आचार्य के ऐ सिङ आदि प्रधानमन्त्री बने तर विकास ले फड्को हानेन।

राजा त्रिभुवन को स्वर्गरोहण पछि राजा महेन्द्र भए। प्रजातान्त्रिक सम्विधान बन्यो।

२०१५ सालमा आमनिर्वाचन भयो अनि काङ्ग्रेस नेता विपि कोइराला को मन्त्री मन्डल गठन भयो।

२००७ साल देखि २०१७ साल सम्म राजनैतिक खिचातानी ले जनजीवन अस्तव्यस्त दिनहुँ नारा जुलुस विद्रोह हडताल , यस्तो माहोल मा राजा महेन्द्र शाहले २०१७ साल पौष १५ ग केही साम्यवादि कार्यकर्ता साथमा लिएर राज्यसत्ता आफ्नो हातमा लिए बहुदलीय प्रजातान्त्रिक संविधान खारेज गरि एकदलीय पन्चायती शासन पद्धति लागू गरि क्रान्तिकारी भूमिसुधार नयाँ मुलुकी ऐन, पुर्वपस्चिम राजमार्ग कोदारी राजमार्ग साथै औद्योगिक चिनी मिल, कपडा कारखाना बासबारी जुत्ता कारखाना , शाही औषधि कारखाना साझा यातायत त्रिभुवन अन्तर्राष्ट्रिय हवाई अड्डा हवाईडाक हुलाक टिकट नेपाली मुद्रा राष्ट्र बेन्क को स्थापना अस्पताल त्रिभुवन विश्वविद्यालय कयौं स्कुल कलेजको स्थापना गरे कसको लागि हाम्रो लागि।

मात्रै ९ वर्ष नेपाल मा हुकुमी शासन गरि बहुआयामिक विकास का धरोहर राख्न सफल व्यक्ती व्यक्तित्व शासक कहिल्यै नेपाल ले न वर्तमान न भविस्य मा राजा पृथ्वीनारायण शाह जस्तो किशोरावस्था को कुशल नेतृत्व २२-२४ राज्यलाई जोडेर सिङ्गो नेपाल निर्माता र राजा महेन्द्र शाह जस्तो दुरदर्शिता हुनेछन् ।

© BHOILIPOKHARE THANESHWAR थानेश्वर उपाध्याय · salemydop मा पहिलो पटक प्रकाशित: आश्विन २१, २०८२. सर्वाधिकार लेखकमा सुरक्षित; अनुमतिबिना नक्कल नगर्नुहोस्। नक्कल भएको जानकारी याहानी

ग्यालरी

लेखक

B

BHOILIPOKHARE THANESHWAR थानेश्वर उपाध्याय

टिप्पणीहरू
​
​

लेखक

B

BHOILIPOKHARE THANESHWAR थानेश्वर उपाध्याय

Xtremesoul
नीतिहरूपट्ट नीतिहरू·सम्पर्क जाट्नी