Bag icon
Text logo
लोड हो रहा है...धक-धक
SHRAVYA

साहित्य पाटी
साहित्य पाटी· salemydop.com
साहित्य पाटी· salemydop.com
IMG_20260728_131751.jpgफरकेर हेर्दाको पीडा .. Cover Photo

B

2 मिनटों का पठन
लेखक: BHOILIPOKHARE THANESHWAR थानेश्वर उपाध्याय
साहित्य
छोटा अनुच्छेद

फरकेर हेर्दाको पीडा ..

६

०

६

६ बार पढ़ा गया

श्रावण ३१, २०८३

टैग्स

साहित्य

पछाडि फर्केर हेर्दा

(गाउँले लोकभाकामा)

टेक :

पछाडि फर्केर हेर्दा, आँखा रसाउँछन् नि,

लिम्घाको त्यो माटो सम्झी, मनै हराउँछन् नि।

जुन थियो सालघारी डाँडामाथि टल्केको,

आमाको काखमा जन्मेँ, भाग्यले लेखेको।

ठूलो एकादशीको रात, सुनसान थियो गाउँ,

तीन–चार बजेको बेला, जुन हेर्दै थियो ठाउँ।

एकसिङतिर भाले बास्यो, रात अझै अँध्यारो,

नादेवाडाँडामा जन्मेँ, कर्म बोकी भारी।

टेक :

पछाडि फर्केर हेर्दा, आँखा रसाउँछन् नि,

लिम्घाको त्यो माटो सम्झी, मनै हराउँछन् नि।

बाबा थिए लाहुरे, भारततिर जान्थे,

तीन चार वर्षमा आएर, अक्षर चिनाउँथे।

आमा अनि दिदी मात्रै, घरको मेरो संसार,

सुडेनी आमाको साथमा, बित्यो बाल्यकाल।

आफूले खाइनन् आमा, मेरो पेट भरिन्,

आफ्नो दुःख लुकाएर, मेरो खुसी हेरिन्।

कोदो जुनेलो खाइयो, खस्रो थियो खाना,

आमाको हातको मिठासले, बिर्सायो दुःख सारा।

टेक :

आमाको त्यो माया कहाँ, फेरि पाइन्छ र,

बालापनको त्यो गाउँ कहाँ, फेरि आइन्छ र?

बेल आँप अनि अमला, चिउरीको त्यो स्वाद,

ऐँसेलु बयर टिप्दै हिँड्दा, रमाउँथ्यो मन आज।

पटुकीमा फल बाँधेर, आमा घरमा आउँथिन्,

“खा बाबु” भन्दै मायाले, काखैमा बसाउँथिन्।

खल्लुक अनि खन्निम, बेडुलो डुम्री पनि,

त्यही वनको फलको स्वाद, सम्झन्छु अझै पनि।

तीन छ महिना हिँड्न नसकी, बल्ल उभिन थालेँ,

आमाको आँखाभित्रका, आँसु कति देखेँ?

आज बुझ्छु आमाको मन, कति डरायो होला,

छोराको एक पाइला देख्दा, मन कति हाँस्यो होला।

टेक :

पछाडि फर्केर हेर्दा, कथा पुरानो लाग्छ,

तर आमाको त्यो माया अझै, मुटुभित्रै जाग्छ।

ठुलाबडा लेक लिम्घा, हजुरआमाको काख,

कान्छी आमा, दाजुभाइ, सम्झनाको लाख।

“घाँसदाउराको सुख हुन्छ,” बडापाका भन्थे,

दुःखभित्र पनि हामी त, हाँसेरै पो बस्थ्यौँ।

पचरकको स्कुल पुगियो, एकसिङको बाटो,

थालेपाटा सरस्वतीमा, बोकेँ किताबको पाटो।

गुरुले सोध्नुहुन्थ्यो, “के खायौ नानीबाबु?�

© BHOILIPOKHARE THANESHWAR थानेश्वर उपाध्याय · salemydop पर पहली बार प्रकाशित: श्रावण ३१, २०८३. सर्वाधिकार लेखक के पास सुरक्षित; अनुमति के बिना नकल न करें। नकल की सूचना दें

लेखक

B

BHOILIPOKHARE THANESHWAR थानेश्वर उपाध्याय

टिप्पणियाँ
​
​

लेखक

B

BHOILIPOKHARE THANESHWAR थानेश्वर उपाध्याय

Xtremesoul
नीतियाँसभी नीतियाँ·संपर्क करें