Bag icon
Text logo
लोड हुँदैछ...ढुकढुक
SHRAVYA

फ्ह्रिताँ पाटी
फ्ह्रिताँ पाटी· salemydop.com
फ्ह्रिताँ पाटी· salemydop.com
IMG_20260414_164727.jpgसन्सारी माई Cover Photo

B

क्रि मिनेटभन्दा कम पढ्न
लेखक: BHOILIPOKHARE THANESHWAR थानेश्वर उपाध्याय
धर्म दे भक्ति
छोटो अनुच्छेद

सन्सारी माई

०

०

०

५ खे पढियो

जेठ ३१, २०८३

ट्यागहरू

देवी-देवता

माता सन्सारी माई

सन्सारी माई नेपालका विभिन्न स्थानमा पूजिने एक प्रसिद्ध लोकदेवी हुन्। विशेष गरी तराई तथा पहाडी समुदायहरूमा सन्सारी माईलाई शक्तिस्वरूप देवीका रूपमा श्रद्धापूर्वक पूजा गरिन्छ। "सन्सारी" शब्दको अर्थ संसारको रक्षा गर्ने वा संसारभरि कृपा गर्ने शक्तिसँग सम्बन्धित मानिन्छ।

परिचय

सन्सारी माईलाई हिन्दू परम्परामा दुर्गा, भगवती वा शक्तिको एक स्थानीय रूपका रूपमा मानिन्छ। भक्तजनहरूले परिवारको सुख, शान्ति, स्वास्थ्य, सन्तानको कल्याण र संकटबाट मुक्तिका लागि सन्सारी माईको पूजा गर्ने गर्छन्।

धार्मिक महत्त्व

रोग, दुःख र विपत्तिबाट रक्षा गर्ने देवीका रूपमा विश्वास।

मनोकामना पूरा गर्ने शक्तिशाली मातृशक्तिका रूपमा श्रद्धा।

गाउँ तथा समुदायको संरक्षण गर्ने देवीका रूपमा पूजा।

दशैं, चैते दशैं तथा अन्य विशेष अवसरमा विशेष पूजा–आराधना।

पूजापाठ पद्धति

सन्सारी माईको पूजा स्थानीय परम्परा अनुसार फरक–फरक हुन सक्छ। सामान्यतया शनिबार को दिन पारेर विशेषगरी बैशाख १ ग देखि ढिलो भएमा असार सम्म परिस्थिति हेरेर गाउँ टोल मिलेर सयुक्त गरिन्छ।

यो पूजापाठ मा खीर हलुवा र माताको नाममा भाख्री पाठी लाई प्रसाद्को रूपमा बलि दिने चलन छ। कतै कुखुरी पथी चढाउने चलन छ। यसप्रकार को पूजापाठ मा विहानै पन्डित द्वारा दुर्गा चन्डिको पाठगरी सामुहिक वा एकल व्यक्तित्व ले पूजापाठ मन्नत गर्छन।

यो सन्सारी माताको पूजाआजा मा अरुणाचल प्रदेश को नाहर्लगुन पपुनाला मा पहिलोपटक सहभागी भएको थिए सन १९८५-८६ ताका। दोस्रोपटक सहभागी हुँदा एक जोडी परेवा सन्सारी माताको नाममा उडाएका थिए सो जोडी परेवा पुजारी बा सङ अनुमतिलिएर घरमा पाल्न ल्याएको थिए पछी एक जोडी बाट सयौं परेवा घरका छानाभरी फैलिएको हिजो जस्तो लाग्छ मलाई । मैले पहिलोपटक परेवा को मासु प्रसाद वा औषधि को रूपमा चाखेको थिए ।

नेपाल फर्के पछि वि स लगभग २०५५-५६ ताक कालिकानगर को समाजमा समावेश भए। निरन्तर यो पूजा चलिरहेको छ।

पोहोर साल वि स २०८२ मा कालिकानगर टोल समिति बाट छुट्टिएर “ लालिगुरास भोइलो तथा सान्स्कृतिक समाज” ले पृथक श्री श्याम पुनको बूढो घरमा बसेर कालिकाचोकमा पूजापाठ गर्न थाल्यो । यो समाजमा लगभग ६०-७० घर परिवार छौ।

शनिबार पारेर सन्सारी माताको पुजा पाठ वर्ष मा एक दिन यसैगरी गरिन्छ -

दीप, धूप, अक्षता, फूल र प्रसाद चढाइन्छ।

भजन–कीर्तन र देवी स्तुति गरिन्छ।

मनोकामना पूरा भएपछि भक्तजनहरूले भाकल चढाउने चलन पनि छ।

सन्सारी माताको सान्सकृतिक पक्ष

सन्सारी माईको पूजा केवल धार्मिक कर्मकाण्ड मात्र नभई स्थानीय संस्कृति, सामाजिक एकता र परम्पराको संरक्षणसँग पनि जोडिएको छ। मेलापर्व तथा सामूहिक पूजा कार्यक्रमहरूले समुदायलाई एकताबद्ध बनाउने काम गर्छन्।

निष्कर्ष

सन्सारी माई नेपाली लोकविश्वासमा गहिरो रूपमा स्थापित मातृशक्तिको प्रतीक हुन्। उहाँप्रतिको आस्था, पूजा र परम्पराले नेपाली समाजको धार्मिक तथा सांस्कृतिक जीवनलाई समृद्ध बनाएको छ।

श्रोत: सत्यावती सन्चार सेवा नेपाल तथा सेलमाइडप.कम परिवार सामाजिक सन्जाल।

© BHOILIPOKHARE THANESHWAR थानेश्वर उपाध्याय · salemydop मा पहिलो खे प्रकाशित: जेठ ३१, २०८३. सर्वाधिकार लेखकमा सुरक्षित; अनुमतिबिना नक्कल नगर्नुहोस्। नक्कल भएको जानकारी बिद्

लेखक

B

BHOILIPOKHARE THANESHWAR थानेश्वर उपाध्याय

टिप्पणीहरू
​
​

लेखक

B

BHOILIPOKHARE THANESHWAR थानेश्वर उपाध्याय

Xtremesoul
नीतिहरूताइ नीतिहरू·सम्पर्क लद्