

ट्यागहरू
अनभीज्ञ परिस्थिति
समय र परिस्थिति कस्तो पर्ला कसैलाई थाहा छैन।यो मेरो यो तेरो भन्दा भन्दै समयले नेटो काटी सक्दो रहेछ । कपाल फुल्यो गाला चाउरी परे जन्जाल ले घेरिसक्यो तर मानवको मन बुढो भयन, सुखको खोजीमा दुःख आफै पाइरहेको छ उसलाई थाहा भयन ।
यदि भगावले सबैलाई सबै थोक दिएको भए तेरो मेरो भन्न पर्दैन थियोहोला की ! कसो होला ? अब जवाफ हजुरहरुको ....
कहिलेकाही मनका भावहरू तरङ्गित बन्दा
उजाडिएको मनलाई आफै रंगीन बनाउन मन लाग्छ ।
सारा दुनिया चाहे आफन्त होस वा छिमेकी होस् वा साथीभाइ इष्टमित्र होस वा पराई सबै ले बालेको आगो ताप्ने हुन ।
यो समय यस्तो बन्दै छ कि निष्ठुर, पापी र क्रूर 🫢🫢@
किनभने खै त सत कर्म
खै त भगवान प्रतिको आस्था
खै त मानवता
खै त ठूला वडाको मान सम्मान र सानालाई आदर र माया ममता
खै त बुढा बुढी वा बाबा आमा को हेरचाह स्याहारसुसार
खै त समाजमा न्याय अन्याय छुट्याएको
हाम्रो राष्टको कारण हाम्रो समाजलाई र हामी आफैलाई असुरक्षित महसुस् गर्न नपरोस् ।
धर्म अनेक भए ता पनि लक्ष एउटै हुनु पर्छ।
सत्य कर्म गरेमा सातौं पुस्तालाई राम्रो हुन्छ।
कली हो आज गल्ती गरेर पनि अरूलाई सजाय भोगाइ हास्नेहरुलाई सातौं जुनी रुनु पर्छ । ख्याल राख्नु भगवानले हरेक राम्रा र नराम्रा सबै कुराको रेकड गर्नुभएको छ।
आफूलाई बदलौं र समाज बदल्न सकिन्छ।
धन्यवाद ।
लेखिका : शान्ता बेलबासे भुसाल
© BHOILIPOKHARE THANESHWAR थानेश्वर उपाध्याय · salemydop मा पहिलो खे प्रकाशित: . सर्वाधिकार लेखकमा सुरक्षित; अनुमतिबिना नक्कल नगर्नुहोस्। नक्कल भएको जानकारी बिद्
लेखक
BHOILIPOKHARE THANESHWAR थानेश्वर उपाध्याय
लेखक
BHOILIPOKHARE THANESHWAR थानेश्वर उपाध्याय