Bag icon
Text logo
लोड हुँदैछ...ढुकढुक
SHRAVYA

फ्ह्रिताँ पाटी
फ्ह्रिताँ पाटी· salemydop.com
फ्ह्रिताँ पाटी· salemydop.com
नेपाल जूलोजिकल सोसाइटीको अध्यक्षमा  शर्मा निर्वाचित Cover Photo

B

क्रि मिनेटभन्दा कम पढ्न
लेखक: BHOILIPOKHARE THANESHWAR थानेश्वर उपाध्याय
समाचार दे राजनीति
छोटो अनुच्छेद

नेपाल जूलोजिकल सोसाइटीको अध्यक्षमा शर्मा निर्वाचित

३

०

३

५ खे पढियो

पौष २९, २०८२

ट्यागहरू

समाचार

नेपाल जूलोजिकल सोसाइटीको अध्यक्ष पदमा शर्मा निर्वाचित

२७ पुस, बुटवल । नेपाल जूलोजिकल सोसाइटीको केन्द्रीय अध्यक्षमा डा. हरिप्रसाद शर्मा निर्वाचित भएका छन् । जूलोजीको दोस्रो राष्ट्रिय सम्मेलनका सन्दर्भमा बुटवलमा सम्पन्न १३औं साधारणसभाले शर्माको नेतृत्वमा नयां कार्यसमिति सर्वसम्मत चयन गरेको हो । जूलोजिकल सोसाइटी प्राणी शास्त्र स्नातकोत्तरदेखि विद्यावारिधी गरेका प्राज्ञिकहरुको साझा संस्था हो ।

सोसाइटीको उपाध्यक्षमा राजेन्द्र सुवाल,महासचिवमा डा. विष्णुप्रसाद भट्टराई, सचिवमा बाबुराम बन्जाडे र कोषाध्यक्षमा डा. पूजा जैसवाल निर्वाचित भएकी छन् ।

यस्तै कार्यसमति सदस्यहरुमा डा. रमा मिश्र,डा. दीपक गुप्ता,माया उपाध्याय,शालिगराम अधिकारी,डा.जगन्नाथ अधिकारी,डा. राजेन्द्र बस्यौला, गंगा शाह,चेतराज भट्ट र कमलकुमार शर्मा निर्वाचित भएका सचिव बाबुराम बन्जाडेले जानकारी दिनु भयो।

नयां नेतृत्वको कार्यकाल दुई वर्ष रहेको छ ।

सोसाइटीका नव निर्वाचित अध्यक्ष डा. शर्माले सरकारी निकायहरुमा जूलोजिष्टहरुको नियुक्ति र सहभागिता न्यून रहेकाले बढाउन नीतिगत पहल गर्ने, प्रदेश स्तरमा जैविक विविधता, माछा देखि हात्तीसम्मका प्रजातिका प्राणीको तथ्यांक संकलन र अनुसन्धान, बांदर लगायत कतिपय वन्यजन्तुका कारण बालीनालीमा वर्षेनी करोडौं क्षति भएकाले बांदरको संख्या नियन्त्रण लगायत विषयमा सरकारलाई सुझाव दिने बताए ।

दुईदिने राष्ट्रिय सम्मेलनकै अवसरमा नेपाल जूलोजिकल सोसाइटी लुम्बिनी प्रदेशको पनि साधारणसभा भएको छ । साधारणसभाले कमलकुमार शर्मा अध्यक्ष रहेको नयां कार्यसमिति चयन गरेको छ । उपाध्यक्षमा अमर केसी,महासचिवमा श्रीराम पौडेल, कोषाध्यक्षमा कमला खत्री,सचिव अब्दुल हाकिम खान निर्वाचित भएका छन् । कार्यसमिति सदस्यहरुमा नारायण बराल,दिपक गुप्ता,आदेश ओली,शिवराज न्यौपाने,दीपा शर्मा र विशाल आचार्य निर्वाचित भएका अध्यक्ष शर्माले जानकारी दिए ।

देशभर तीनसय जोलोजिस्टहरु रहेका सोसाइटीले जनाएको छ ।

बलराम अवस्थी लगाएत ११ जना विद्यावारिधि हासिल गर्ने ब्याक्तिहरु लाई पनि सो अवसरमा सम्मान गरियो।

राष्ट्रिय सम्मेलनमा डा. कुमार सापकोटा, डा. छत्रमनी शर्मा, डा. पुष्पराज आचार्य, प्रदेश पर्यटन विकास परिषदका कार्यकारी प्रमुख रामु जोशी लगायतले विभिन्न विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

सोसाइटी को पहिलो दिन (अधिवेशन एसियन पार्टी प्यालेस बुटवल ) बुटवल उपमहानगर पालिका नगराध्यक्ष श्री खिलराज पाण्डे ज्यूको आतिथ्य र दोस्रो दिन (समापन नुवाकोट पाल्पा मा) लुम्बिनी प्रदेश का वन तथा वातावरण मन्त्री माननीय श्री देव करण प्रसाद कलवारज्यूको आतिथ्य मा भएको थियोे ।

© BHOILIPOKHARE THANESHWAR थानेश्वर उपाध्याय · salemydop मा पहिलो खे प्रकाशित: पौष २९, २०८२. सर्वाधिकार लेखकमा सुरक्षित; अनुमतिबिना नक्कल नगर्नुहोस्। नक्कल भएको जानकारी बिद्

ग्यालरी

लेखक

B

BHOILIPOKHARE THANESHWAR थानेश्वर उपाध्याय

टिप्पणीहरू
​
​

लेखक

B

BHOILIPOKHARE THANESHWAR थानेश्वर उपाध्याय

Xtremesoul
नीतिहरूताइ नीतिहरू·सम्पर्क लद्