Xtreme Soul

SaleMyDop मा Connection Code भनेको अरू प्रयोगकर्तासँग सजिलै जोडिन प्रयोग हुने विशेष कोड हो। कसैको नाम वा username खोजेर सही व्यक्ति भेट्टाउन गाह्रो हुन सक्छ, तर Connection Code थाहा भएमा सोही कोड प्रयोग गरेर सीधै उक्त व्यक्तिसँग हातेमालो (Connections) गर्न सकिन्छ।
उदाहरणका लागि, कुनै प्रयोगकर्ताको Connection Code namaste छ भने, तपाईंले हातेमालो पृष्ठमा गएर namaste टाइप गरी उक्त
व्यक्तिसँग जोडिन सक्नुहुन्छ।
Connection Code ले सही व्यक्तिसँग छिटो जोडिन मद्दत गर्छ। एउटै नाम भएका धेरै प्रयोगकर्ता हुन सक्छन्, तर प्रत्येक प्रयोगकर्ताको Connection Code छुट्टै हुन्छ।
यसको प्रयोग गरेर तपाईं साथीभाइ, आफन्त, सहकर्मी वा आफूले चिनेका व्यक्तिसँग सजिलै हातेमालो गर्न सक्नुहुन्छ।
Connection Code प्रयोग गरेर कसैसँग जोडिएपछि तपाईंहरू connected users बन्नुहुन्छ। त्यसपछि उक्त व्यक्तिले Feeds मा साझा गरेका पोस्ट र अपडेटहरू हेर्न सकिन्छ।
SaleMyDop मा Feeds केवल connected users ले मात्र हेर्न सक्छन्। कुनै प्रयोगकर्तासँग हातेमालो नभएसम्म उसको Feed देखिँदैन।
तर Blogs सबैले हेर्न सक्छन्। Blog मा प्रकाशित सामग्री सार्वजनिक हुन्छ, त्यसैले हातेमालो भएको वा नभएको फरक पर्दैन।
सरल रूपमा भन्नुपर्दा:
Feeds केवल connected users का लागि हुन्छन्, तर Blogs सबैका लागि खुला हुन्छन्।
पृष्ठको माथिल्लो भागमा रहेको आफ्नो profile icon मा क्लिक गर्नुहोस्। Profile menu खुलेपछि Connection code विकल्प देखिन्छ।
त्यसमा क्लिक गरेर आफ्नो Connection Code हेर्न वा copy गर्न सकिन्छ।
तपाईंले आफ्नो code साथीभाइ, आफन्त, सहकर्मी वा आफूले चिनेका व्यक्तिसँग share गर्न सक्नुहुन्छ। उनीहरूले यही code प्रयोग गरेर हातेमालो पृष्ठबाट तपाईंसँग जोडिन सक्छन्।
बायाँ मेनुमा रहेको हातेमालो (Connections) पृष्ठ खोल्नुहोस्। त्यहाँ Connection Code लेख्ने बाकस देखिन्छ।
उदाहरणका लागि, कसैको Connection Code namaste छ भने:
कोड लेख्दा spelling ठीक हुनुपर्छ। एउटा अक्षर फरक भएमा पनि सही profile फेला नपर्न सक्छ।
आफ्नो profile menu खोल्नुहोस् र प्रोफाइल सम्पादन गर्नुहोस् मा क्लिक गर्नुहोस्।
त्यसपछि Edit Profile पृष्ठको तलसम्म scroll गर्नुहोस्। तल रहेको Connection Setting भागमा हालको Connection Code देखिन्छ।
त्यहाँ नयाँ code लेखेर Save profile मा क्लिक गर्नुहोस्।
Code परिवर्तन गरेपछि पुरानो code को सट्टा नयाँ code नै अरूलाई share गर्नुहोस्।
Connection Code छोटो, सजिलो र सम्झन मिल्ने हुनु राम्रो हुन्छ। आफ्नै नाम, परिचित शब्द वा सरल अक्षर र अंकको संयोजन प्रयोग गर्न सकिन्छ।
उदाहरण:
धेरै लामो वा कठिन spelling भएको code राख्दा अरूलाई टाइप गर्न र सम्झन गाह्रो हुन सक्छ।
Connection Code password होइन, तर यसले अरूलाई तपाईंको profile फेला पार्न र तपाईंसँग जोडिन मद्दत गर्छ।
त्यसैले आफूले चिनेका वा भरोसा गरेका व्यक्तिसँग मात्र share गर्नु राम्रो हुन्छ।
आफ्नो password, bank information, phone PIN वा अन्य संवेदनशील विवरणलाई Connection Code का रूपमा कहिल्यै प्रयोग नगर्नुहोस्।
SaleMyDop मा Connection Code प्रयोग गरेर कसैसँग जोडिन, आफ्नो code share गर्न वा आवश्यक परे change गर्न धेरै सजिलो छ। सही व्यक्तिसँग हातेमालो भएपछि मात्र उसको Feed हेर्न सकिन्छ, जबकि Blog मा प्रकाशित सामग्री सबैले पढ्न सक्छन्।
© Xtreme Soul · salemydop मा पहिलो खे प्रकाशित: . सर्वाधिकार लेखकमा सुरक्षित; अनुमतिबिना नक्कल नगर्नुहोस्। नक्कल भएको जानकारी बिद्
लेखक
Xtreme Soul
लेखक
Xtreme Soul