

Tags
निर्यात २९% बढ्दा व्यापार घाटा, कसरी !
सरकारी आयव्यय को लेखा जोखा वि स २०८२-०८३ को पछिल्लो डाटानुसार वा अध्यन अनुसार करिब रु११ खर्बको व्यापार घाटा नेपाल ले बेहोर्न बाध्य भएको छ।
भन्सार विभाग अनुसार (फाल्गुन मसान्तसम्म) कुल १४ खर्ब ४० अर्ब ३६ करोड २२ लाखको कुल वैदेशिक व्यापार मा मुलुकले रु १० खर्ब ९८अर्ब १३ करोड ८२ लाख घाटा बेहोरेको हो।
पछिल्लो ८महिनामा रु१२ खर्ब ८९ अर्ब २५करोडको आयात र रु १ खर्ब ९१ अर्ब११ करोड २० लाख बराबर को निर्यात भएको विभाग ले जनाएको छ।
गत वर्ष को तुलनामा चालू आर्थिक वर्ष मा आयात १२.५४% र निर्यात २९.८३% बढेको छ।
छिमेकी राष्ट्र दोय भारत बाट रु ७ खर्ब२४ अर्ब ६ करोड को वस्तु आयात गरिएको छ भनी रु १ खर्ब ५६ अर्ब ६६ करोड बराबर को निर्यात भएको छ। तेस्तै चीन सङ २खर्ब ७५अर्ब ६६ करोड ७०लाख को आयात र रु ९८ करोड ३३लाख निर्यात हुँदा रु २ खर्ब ६४ अर्ब ६८ करोड ३६ लाख को व्यापार घाटा बेहोर्नुपरेको भन्सार विभाग ले जनाएको छ।
नेपालले बढी व्यापार घाटा बेहोरेका राष्ट्र हरुमा अर्जेन्टिना तेस्रो, सयुक्त अरब इमिरेट्स चौथो र इन्डोनेसिया पाँचौ स्थान मा छन ।
नेपालको वैदेशिक व्यापारमा नाफा राष्ट्र हरु रोमानिया नर्वे आइसल्याण्ड नाइजर इराक केन्या आदि छन् ।
रोमानिया सङ रु५० करोड ६५ लाख
नर्वे सङ रु ३ करोड ३३ लाख
आइसल्याण्ड रु २ करोड ५७ लाख बराबर व्यापार नाफा भएको छ।
खनिजखनिज तेल पदार्थ तथा खाना पकाउने ग्यास को आयात सबैभन्दा बढी छ। विभाग अनुसार रु८२ अर्ब १० करोड ५१ लाखको डिजेल रु४३अर्ब८९ करोड ७३ लाख को पेट्रोल र ३७ अर्ब ३१ करोड ३७ लाख बराबर को एलपी ग्यास आयात देखिन्छ ।
तेस्तै नेपाल ले के आयात गर्छ थप -
१. कच्चा भटमास तेल रु८१ अर्ब १८ करोड ६४ लाख
२. स्मार्ट्फोन २९ अर्ब ९३ करोड ५९ लाख
३. फलामजन्य वस्तु रु ३६अर्ब ८२ करोड ३० लाख
४. सुन धातु रु२३ अर्ब ४९ करोड ६७ लाख।
५. चान्दी जन्य धातु १८ अर्ब ४४करोड ७८ लाख बराबर
नेपाल ले बढी निर्यात गरेको वस्तु मा भटमास को तेल पर्छ ।
क. रु ७५ अर्ब ७७ करोड ४१ लाख बराबरको भटमास
तेल पहिलो स्थान मा छ।
ख. रु९ अर्ब ४९ करोड ६१ लाख बराबरको अलैंची
ग. रु ६ अर्ब ५३ करोड ९६ लाख को कार्पेट
घ. रु ६ अर्ब २० करोड २३लाखको सूर्यमुखि तेल
ङ. रु ४ अर्ब ३२ करोड को पाल्म/पाम तेल।
नेपाल कृषिप्रधान देश हुदाहुदै खाद्यान्न, दाल, तरकारी, मसला जन्य पदार्थ किन आयात गर्न बाध्य छ। नेपाल ले (एकताका विगत ६-७ दसक अगाडि) भारत बाङ्लादेश पाकिस्तान थाइल्यान्ड कोरिया … जस्ता मुलुकमा खाद्यान्न दाल कन्दमुल तेलहन जडिबुटी वृहत् मात्रा मा निर्यात मात्रै होईन निशुल्क प्रदान गर्थ्यो।
तर अचेल युवाहरूलाई वैदेशिक कामदारको रूपमा पठाउन थाले पछि नेपाल परनिर्भर हुन बाध्य भयो।
नेपाल मा खेतीयोग्य जमिन रुखियो बन्जर हुँदै साथै बढ्दो जनसंख्या को कारण आधुनिक घर शहरीकरण बढ्दैछ बन्दै छ।
सरकारी मापदण्ड ऐन कानुन बनेको छैन कसरी खेतीयोग्य जमीन को अनिवार्य कृषिशाला वा खाद्यान्न वा अन्नबाली उत्पादन गर्ने । घर शहरीकरण औद्योगिक क्षेत्र मा परिणत न गर्ने। गर्न न हुने ।
उदाहरण वि स २०५५-६० साल तिर खेतीयोग्य जमिनमा प्रशस्त तरकारी धान जौ गहू … उत्पादन गरिन्थ्यो तर अहिले त्यो क्षेत्रमा बडा बडा महल सडक अन्य भौतिक निर्माण कार्य गरि प्राकृतिक सौन्दर्य सौन्दर्यता हराएर कृत्रिम वातावरण को भण्डार भएको छ।
© BHOILIPOKHARE THANESHWAR थानेश्वर उपाध्याय · First published on salemydop on . All rights belong to the writer; please do not copy without permission. Report copied work
Writer
BHOILIPOKHARE THANESHWAR थानेश्वर उपाध्याय
Writer
BHOILIPOKHARE THANESHWAR थानेश्वर उपाध्याय