

वलि
यो देशमा नवराज बिकहरु
जन्मिने छैनन् अब
प्रेमको वलि दिन
सन्सारलाई रुवाउने गरि
श्रीमती को सिन्दुर पुछिदा
नाबालक छोरिले बाबा
दिदीबहिनीहरुले दाज्युभाइ
आमाबुबा ले छोरा
भविस्यको सहारा लुटिदा
कस्तो भयो होला
प्रेमिलाई अङालो मारेर
सदा-सदाको लागि आफ्नो बनाउन खोज्दा
भेरि नदिमा कुटपिट कुटि
ज्यान लिन थाल्दा
मृत्युको मुखमा जादा
सङै बाच्ने सङै मर्ने कसम खाएकी
प्रिय तिमिलाई अलिकति पनि
तिम्रा आखामा अलिकति पनि आशुका धारा
तिमिलाइइ अलिकति पनि पीडा भएन
तिम्रा प्रेमिलाई कुटि रहदा
तिमी मुकदर्शक भएर कसरी
भेरिमा कहिल्यै न फर्किने गरि बगि रहदा
तिमी रमिते भएर कसरी बसन सकेकी
प्रेम गर्न भुल थियो नवराज तिम्रो
तिमिसङै ६-६ जनाको बलि
अनेकौं आरोह अबरोह छिचोल्दै
अनेक समस्या वा कठिनाइ को सामना गर्दै
केही महिना केही वर्ष
एकार्कालाई
साथी बनाउन सक्यौ प्रिय
बसन्तको आगमन फेरि हुन सक्ददछ
पतझड पनि पुनः हुनसक्दछ
तर नवराजको आगमन असम्भव छ
न त खोजेर भेट्न सक्छौ
न त रोयर पाउन सक्द
सदा सदाको
कहिलै न फर्किने गरि गयौ
सदा सदाको लागि वलिदान दिएर गयौ।
* लेखिका ज्ञानु केसि २०७७-२-२७
© BHOILIPOKHARE THANESHWAR थानेश्वर उपाध्याय · First published on salemydop on . All rights belong to the writer; please do not copy without permission. Report copied work
Writer
BHOILIPOKHARE THANESHWAR थानेश्वर उपाध्याय
Writer
BHOILIPOKHARE THANESHWAR थानेश्वर उपाध्याय