

Tags
"तिब्बती हिमताल सुनामी ले निम्तायो कहालीलाग्दो वातावरण .."
भिर पाखामा चढेर ज्यान जोगाउन सफल व्यक्ति हरुलाई नमन।
वीर सुरक्षा कर्मी लगाएत थुप्रै सहयोग सहयोगी मन र हात हरु लाई मेरो हृदय देखि नमन।
घाम लागेको बेला दैवीप्रकोप बाढी पहिरो आउँछ भन्नी कसलाई थाहा हुन्छ!
यो नेपाल नेपालीभूमि मा तिब्बती सुनामिले गरेको वा ल्याएको हजारौं मानिस लापता खोला किनारमा बसेको नगर बस्तीलाई अकल्पनीय क्षती भवन घर परियोजना का समरचना घरेलुु वन्यजन्तु वनस्पति कृषि क्षेत्र सबै बगाएर पुरेर करकलाको पात बाट पानी पोखिए झै कालो खैरो माटे बगर बनायो।
साहसी व्यक्तित्व हरुले मोबाइल मा प्रत्येक्ष प्रसारण गरि तटीय क्षेत्रहरू मा बस्ने हरुको ज्यान जोगाउनु भएको छ। अन्य क्षेत्रमा बस्ने हरुलाई पनि सहयोग गर्नु भएकोमा यहाँ हरुलाई मुरि मुरि धन्यवाद छ।
मैले जान्ने भएता लगभग चार -पाँच दसक एता यो कहालीलाग्दो भवितव्यं हो। यो दुर्घटना मा परेर घाइते र बाच्न सफल व्यक्तिहरु मनोरोगी हुन बेर छैन।
मैले यो दृश्य मोबाइल को स्क्रिन मा देखेरै छाती भारी भएर मुटुको को धड्कन बढेर आयो राती जति घन्टा साविकमा सुत्ने गर्थे सुत्न सकिन। छट्पटी भयो।
आजै (१० ग) दिदी भिनाजु को घर छोडेर आफ्नो पैत्रिक घरमा आएको थिए कतै बिचल्लीमा पर्ने त भाइन भन्नी लाग्यो।
स्व मातापिता, कुलपितृलाई स्मरण गरे।
गत ९ ग आमा को एकातिष्ट श्राद्ध पुरा सूत्रबद्ध भएर गरेको मा आनन्दित थिए।
# आत्मसन्तुष्टि हुनुको कारण जुन ठाउँमा पिण्ड तर्पण गरे आमाको मृत्यु हुनु भन्दा एक वर्ष अघि(२०७५ फागुन) त्यहीँ खिचेको आमा को तस्बिर मात्रै हामी माझ छ।
विहानी पख निद्रा ले समाते छ र ६:२०बजे उठ्न पुगे।
मन डराइ डराई शौच गरे स्नान गरे १०८दानाको माला जपे मैरिमा जलफेरे, बत्ती बाले। शन्ख घन्टा बजाउन मन लागेन।
* सिरक डस्ना (तीन थान) नगर सरसफाइ समूहलाई दैवीप्रकोप मा राहत सेवा दिनु होला भनेर हस्तान्तरण गरे।
मनमा खिन्नता रहेकै कारण अठोट गरेकी मृत आत्माको शान्ति निमित्त मृत सुतक बार्न मन लाग्यो। ज्ञात अज्ञात ती लापत्ता आत्मालाइ श्रद्धाञ्जली दिदै तीन दिन ( १०-१२ ग सम्म एक छाक अन्नपान गर्न मनलाग्यो। यो संकल्प गरेपछी मन अलि शान्त हुँदै छ।
"म भोइलिपोखरे परिवार तथा सेलमाइडप.कम परिवार को तर्फबाट हार्दिक श्रद्धा सुमन श्रद्धाञ्जली ती ज्ञात अज्ञात मृत आत्मा लाई साथै शोकाकुल परिवार प्रती धर्य आत्मा शक्ति आत्मबल प्रदान गरून् भन्नी प्रार्थना गर्द छौं" ।
salemydop.com
ceonepal@salemydop.com
© BHOILIPOKHARE THANESHWAR थानेश्वर उपाध्याय · First published on salemydop on . All rights belong to the writer; please do not copy without permission. Report copied work
Writer
BHOILIPOKHARE THANESHWAR थानेश्वर उपाध्याय
Writer
BHOILIPOKHARE THANESHWAR थानेश्वर उपाध्याय