

Tags
🔴अग्नि पन्चक💥 (भदवा)योग (
यात्रा ,आगोबाट विस्फोट, शॉर्ट सर्किट, वा ज्वलनशील पदार्थसँग सावधान):-
=====================
💥 पन्चक फाल्गुन ०५ गते मंगलबार विहान ९:३३ वजे वाट सुरु भएर २०८२-११-०९ गते शनिबार वेलुकी २० वजेर ११ मिनेट (८:११)मा सकिनेछ ।(दृक गणितः समय काठमाडौंको राखिएको छ)
🔴पंचक मंगलबारको दिन देखि सुरु भएको छ। मंगलबारको दिनदेखि सुरु भएको पञ्चकलाई वैदिक ज्योतिषमा "अग्नि पञ्चक" भनिन्छ। अग्नि पञ्चकले विशेषगरी आगलागी,यान, वायुयान दुर्घटना,विस्फोट, शॉर्ट सर्किट, वा ज्वलनशील पदार्थसँग जोडिएका दुर्घटनाको सम्भावना बढाउने संकेत गर्छ, जसका कारण यस्ता कामहरूमा विशेष सतर्कता अपनाउनुपर्छ। अग्निपञ्चक सुरु भएको पाँच दिनहरूमा कोट कचहरी, विवाद, आफ्नो हक अधिकारको प्राप्तिको लागि गरिने कार्यहरू, तथा क्रूर र निर्दय प्रकृतिको कार्यहरूको लागि भने सहायक नै मानिन्छ। यो पञ्चकमा अग्निको भय रहन्छ। यो पञ्चकको पाँच दिन कुनै पनि प्रकारको निर्माण कार्य, औजार र मेसिनरी सम्बन्धी कार्यहरु गर्न अशुभ मानिन्छ। प्रज्वलनशील वस्तुहरूको खरिद वा सङ्कलन गर्न पनि अशुभ मानिन्छ। मंगलबार देखि सुरु भएको पञ्चकमा अग्नि र सम्पत्तिसँग सम्बन्धित कुनैपनि जोखिमपूर्ण कार्य नगर्नु, तथा अग्निदेवताको शान्ति, लक्ष्मीपूजन वा महामृत्युञ्जय मन्त्रजपजस्ता शास्त्रीय उपायहरू गर्नु अशुभ प्रभावलाई न्यून गर्ने उत्कृष्ट उपाय मानिन्छ।
🔴पञ्चक अवधिमा यी पाँच कार्यहरू गर्न निषेध गरिएको छ;
🔵🔵🔵
🔴 घाँस, लकडी (काठ), प्रज्वलशील वस्तुहरूको खरिद तथा संकलन।
🔴घरको छत लगाउनु, बनाउनु, छत ढलान गर्नु आदि गर्न वर्जित गरिन्छ।
🔴शव जलाउन निषेध गरिएको छ।
🔴खाट (पलङ) बनाउनु वर्जित गरिन्छ।
🔴दक्षिण दिशातिर यात्रा गर्न वर्जित गरिन्छ। दक्षिण दिशा लाई यमराजको दिशा मानिन्छ। पञ्चकको समयमा दक्षिण दिशामा यात्रा गरेमा हानिकारक मानिन्छ।
⚠️विशेष सावधानी : गरुड पुराण लगायत धेरै धार्मिक ग्रन्थमा
पञ्चकमा कसैको मृत्यु भएमा परिवारका अन्य पाँच जनाको वा मृतकको रगत सम्बन्धीमा अन्य पाँच जनाको मृत्यु हुनेछ भनेर उल्लेख गरिएको पाइन्छ।
उपायः🔵
यी उपायहरू गरुड पुराणमा उल्लेख गरिएको छ
=======
▶🔴 शवको अन्तिम संस्कार गर्नुअघि योग्य विद्वान पण्डित को सल्लाह लिनुपर्छ। शवको साथमा पाँच वटा कुशको वा आँटाको पुतला बनाएर अर्थीको साथमा शव जसरी राखेर (प्रत्येक लाई फरक फरक अर्थी चाहिन्छ) विधिवत रुपमा अन्तिम संस्कार गर्नुपर्छ। यस्तो गरेमा पञ्चक दोष समाप्त हुने विश्वास राखिन्छ।
⚠️⚠️
जुन नक्षत्रमा हुँदा मृत्यु हुन्छ। दाहा संस्कारको समयमा कुनै योग्य पण्डित द्वारा नियमपूर्वक उक्त नक्षत्रसँग सम्बन्धित मन्त्र द्वारा आहुती दिनुपर्छ। यो कार्य नक्षत्रको मध्यकालमा गर्न सकिन्छ। यदि दाहा सरकार तीर्थस्थलमा गरिएको खण्डमा उत्तम गति अर्थात् उत्तम लोक वा मुक्ति मिल्ने बिश्वास राखिन्छ।
राधे राधे 🕉️🙏
© BHOILIPOKHARE THANESHWAR थानेश्वर उपाध्याय · First published on salemydop on . All rights belong to the writer; please do not copy without permission. Report copied work
Writer
BHOILIPOKHARE THANESHWAR थानेश्वर उपाध्याय
Writer
BHOILIPOKHARE THANESHWAR थानेश्वर उपाध्याय