॥ पाठविधिः ॥
साधकले स्नान गरी शुद्ध भएपछि आसन शुद्ध गर्ने विधि पूरा गरेर पवित्र आसनमा बस्नुपर्छ। नजिकै शुद्ध जल, पूजाका सामग्री र श्रीदुर्गासप्तशतीको पुस्तक राख्नुपर्छ। पुस्तकलाई आफ्नो अगाडि काठ वा अन्य कुनै शुद्ध आसनमा राख्नुपर्छ।
त्यसपछि आफ्नो इच्छाअनुसार निधारमा भस्म, चन्दन वा रोली लगाई शिखा (टुप्पी) बाँध्नुपर्छ। अनि पूर्वतर्फ फर्केर तत्त्वशुद्धिका लागि चार पटक आचमन गर्नुपर्छ। आचमन गर्दा तल दिइएका चारवटा मन्त्र क्रमैसँग पढ्नुपर्छ।
ॐ ऐं आत्मतत्त्वं शोधयामि नमः स्वाहा।
ॐ ह्रीं विद्यातत्त्वं शोधयामि नमः स्वाहा॥
ॐ क्लीं शिवतत्त्वं शोधयामि नमः स्वाहा।
ॐ ऐं ह्रीं क्लीं सर्वतत्त्वं शोधयामि नमः स्वाहा॥
त्यसपछि प्राणायाम गरी गणेशलगायतका देवता र गुरुजनलाई प्रणाम गर्नुपर्छ। अनि
ॐ पवित्रेस्थो वैष्णव्यौ सवितुर्वः प्रसवः
उत्पुनाम्यच्छिद्रेण पवित्रेण सूर्यस्य रश्मिभिः।
तस्यते पवित्रपते पवित्रपूतस्य यत्कामः पुने तच्छकेयम्॥
यसरी मन्त्र पढ्दै कुशको पवित्री (औँठी) धारण गरेपछि हातमा रातो फूल, अक्षता र जल लिएर तल दिइएको विधिअनुसार सङ्कल्प गर्नुपर्छ।
Chapter 3 of 37
Page 1 of 4
About 4 min left in this chapter
© Xtreme Soul · First published on salemydop on . All rights belong to the writer; please do not copy without permission. Report copied work
Writer
Xtreme Soul