Bag icon
Text logo
جارٍ التحميل...دَق-دَق
SHRAVYA

ساهيتيا باتي
اكتب· salemydop.com
اكتب· salemydop.com
IMG_20260728_135714.jpgफर्केर हेर्दाको पिडा .. अशान्त Cover Photo

B

قراءة 5 دقائق
الكاتب: BHOILIPOKHARE THANESHWAR थानेश्वर उपाध्याय
الأدب
فقرة قصيرة

फर्केर हेर्दाको पिडा .. अशान्त

3

0

2

5 مشاهدة

أغسطس 14, 2026

الوسوم

الأدب

पछाडि फर्केर हेर्दा

(झ्याउरे लोकभाका)

मुखडा / टेक

पछाडि फर्केर हेर्दा — ए है बरै,आँखा रसाउँछन् नि ।लिम्घाको त्यो माटो सम्झी — ए है बरै,मनै हराउँछन् नि ।।

१.

ठूलो एकादशीको रात, जुन थियो आकाशमा,तीन–चार बजेको बेला, जन्मेँ आफ्नै गाउँमा ।स्याङ सालघारी डाँडामा, जुन थियो टल्केको,एकसिङतिर भाले बास्यो, कर्म थियो लेखेको ।।

टेक

ए है बरै — के लेख्यो कर्मले,मेट्न कहाँ सकिन्छ र ?जन्मेको त्यो माटो सम्झी,आफ्नै मन रोकिन्छ र ?।।

२.

आमा थिइन्, दिदी थिइन्, घर थियो सुनसान,सुडेनी आमाको साथमा, सुरु भयो जीवनगान ।आफूले खाइनन् आमा, मेरो पेट भरिन्,दुःखका आँसु लुकाउँदै, छोरालाई हुर्काइन् ।।

टेक

आमाको त्यो माया — ए है बरै,कहिल्यै भुल्न सकिनँ ।आमाको त्यो आँसु सम्झी,आज पनि म हाँस्न सकिनँ ।।

३.

कोदो अनि जुनेलो, खस्रो थियो खाना,आमाको हात परेपछि, मिठो लाग्थ्यो सारा ।बेल आँप अनि अमला, चिउरी वनको फल,ऐँसेलु बयर टिप्दै हिँड्दा, रमाउँथ्यो मेरो मन ।।

खल्लुक अनि खन्निम, बेडुलो डुम्री पनि,पटुकीमा फल बोकेर, आउँथिन् मेरी आमा नि ।।

४.

तीन छ महिना हिँड्न नसकी, बल्ल उभिन थालेँ,आमाको मनको पीडा, आज आएर बुझेँ ।एक पाइला चाल्दा होला, आमा कति हाँसिन्,छोराको त्यो सानो खुसीमा, आफ्ना पीडा भुलिन् ।।

५.

लाहुरे थिए मेरा बाबा, भारततिर जान्थे,तीन चार वर्षमा आएर, अक्षर मलाई चिनाउँथे ।बाबाको त्यो मायालाई, कहाँ पो भुल्न सकूँ,टाढा गए पनि गाउँको बाटो, मनभित्रै राखूँ ।।

६.

पचरकको स्कुल पुग्दा, काँधमा थियो झोला,एकसिङको बाटो हुँदै, बालापन थियो भोला ।थालेपाटा सरस्वतीमा, अक्षर जोड्न थालेँ,गुरुको त्यो मीठो बोली, आजसम्मै सम्झेँ ।।

७.

“नानीबाबु के खाएर आयौ?” गुरु सोध्नुहुन्थ्यो,“दालभात तरकारी खाएँ,” भन्नु भनेर सिकाउनुहुन्थ्यो ।च्यातिएको लुगा भए पनि, सिलाएर लगाऊ,गरिबीले के भो र बाबु, सधैँ सफा बनाऊ ।।

८.

ठुलाबडा लेक लिम्घा, हजुरआमाको काख,कान्छी आमा, दाजुबहिनी, सम्झनाको लाख ।“घाँसदाउराको सुख हुन्छ,” बडापाका भन्थे,दुःख भए पनि गाउँमा, हाँसेरै पो बस्थे ।।

टेक

लेकको चिसो सहन्नँ अहिले — ए है बरै,बेसिमा मन रमाउँछ ।बुटवलको न्यानो हावाले,थाकेको मन सम्हाल्छ ।।

९.

काठमाडौं पुग्दा शरीरलाई, गाह्रो पो हुँदो रहेछ,लेकको चिसो सम्झँदा पनि, मन बेसितिर दौडन्छ ।बुटवलको न्यानो हावा, आफ्नै जस्तो लाग्छ,तर लिम्घाको माटो सम्झँदा, मुटु भित्रै जाग्छ ।।

१०. अन्तिम

उमेर ढल्दै गयो नि, कपाल भयो सेतो,हिजो हिँडेको गोरेटो, आज लाग्छ धेरै टाढा ।जुन त उही आकाशमा, सालघारी उही होला,तर फर्केर बालापन खोज्दा, भेटिन्न त्यो बाटो होला ।।

भाले फेरि बास्ला नि, गाउँ फेरि जाग्ला,आमाको त्यो मिठो बोली, कहाँबाट पो आउला?जन्मभूमि र आमाको माया, मुटुभित्रै राख्छु,जति टाढा पुगे पनि, आफ्नै गाउँलाई सम्झन्छु ।।

अन्तिम टेक

जन्मेको त्यो माटो मेरो — ए है बरै,मुटुभित्रै राख्छु नि ।भाग्यचक्र र कर्म लेख्यो — ए है बरै,मेट्न कहाँ सकिन्छ नि ।।

ए है बरै...पछाडि फर्केर हेर्दा...आफ्नै गाउँ सम्झिँदा...आँखा रसाउँछन् नि...।।पछाडि फर्केर हेर्दा

ए है बरै...पछाडि फर्केर हेर्दा...आफ्नै गाउँ सम्झिँदा...आँखा रसाउँछन् नि...।।

© BHOILIPOKHARE THANESHWAR थानेश्वर उपाध्याय · نُشرت أول مرة على سيل ماي دوب في أغسطس 14, 2026. كل الحقوق للكاتب؛ يُرجى عدم النسخ دون إذن. الإبلاغ عن عمل منقول

كاتب

B

BHOILIPOKHARE THANESHWAR थानेश्वर उपाध्याय

التعليقات
​
​

كاتب

B

BHOILIPOKHARE THANESHWAR थानेश्वर उपाध्याय

Xtremesoul
السياساتكل السياسات·اتصل بنا